कांग्रेस रह्यो भने गगन-शेखर पनि रहन्छन्, पदको गरिमा किन भुलेको ?

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्द सूची सार्वजनिक गरेर महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहले पार्टीभित्र अन्तरघात गरेका छन् ।

उनीहरुले आफू निकटका सञ्चारकर्मी र पत्रकारमार्फत कांग्रेसले हतार हतारमा बुझाएको बन्द सूचीको प्रारम्भीक नामावलीहरु सार्वजनिक गरेर गतिलो काम गरेनन् । सोही सूचीले गर्दा कांग्रेसभित्र दरार भएको छ ।

महामन्त्री थापाले आफ्ना ससुराखलकलाई बन्द सूचीमा माथि राख्न सफल भए पनि अरुलाई कुनै फाइदा भएको छैन ।

महामन्त्री जस्तो पदमा बसेर गोप्यता भङ्ग गर्ने थापालाई पार्टीभित्र अनुशासनको कारबाही किन नगर्ने भनेर प्रश्न उठेका छन् ।

थापा कांग्रेसको महामन्त्री हुन् । थापाले साइबर सेना र मिडिया परिचालन गरेर आफ्नो पक्षमा माहोल बनाउन सक्ने हैसियत राख्छन् । उनले त्यो कार्य गर्दैगर्दा कांग्रेसलाई नोक्सान हुन्छ ।

थापा आफ्नो स्वार्थका लागि अहिलेसम्म आधा दर्जनभन्दा धेरै गुट परिवर्तन गरिसकेका छन् ।

नेतृ सुजाता कोइरालामार्फत कांग्रेसको लाभका पदहरु पाउन सफल भएका थापा पछिल्लो समय शेखर कोइरालाको गुटमा पसेर लाभ लिइरहेका छन् ।

नेता कृष्णप्रसाद सिटौलालाई लात हानेर उनले महामन्त्री पद पड्काएका छन् । थापाका समर्थक धेरै छन् । युवाहरु पनि छन् । कांग्रेस रह्यो भने मात्रै थापा पनि रहन्छन् ।

थापा नेविसंघको नेता होइनन् । उनी कांग्रेसको महामन्त्री हुन् । थापाले महामन्त्री पदको गरिमा र कांग्रेसमाथि आँच नआउने गरेर काम गर्नुपर्छ । धेरै महत्वकांक्षा राख्दा धेरै शक्तिशाली र लोकप्रियहरु पनि ढलेका छन् ।

Published : Tuesday, 2022 October 4, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया