दशैँको मुखमा पर्वतमा दुई जना पक्राउ

कुश्मा । पर्वतको कुश्मामा प्रहरीले दुई जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
कुश्मा नगरपालिका–७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका–७ बस्ने ३३ वर्षीय विक्रम राना मगरलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुलसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ छ । दशैँको बेला लागुऔषध प्रकरणमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया