चार लाखसहित प्रेमसिंहको ११ जनाको ग्याङ पक्राउ

महाकाली । दार्चुलाको महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रेमसिंहसहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपियाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2022 October 4, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया