गगन-शेखरको उक्साहटमा लागेर डा.यादवले बबाल गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्रमोहन यादवले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने भनेर निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

पूर्वसांसद समेत रहेका नेता यादवले कांग्रेसको बन्द सूचीबाट नाम हटाउन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

नेता डा.यादव नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा पनि हुन् । महामन्त्री गगन थापा र नेता डा.यादव शेखर कोइराला समूहका हुन् । थापा र कोइरालाकै उक्साहटमा डा.यादवले बबण्डर मच्चाएको आरोप छ ।

पार्टीले कायम गरेको विधि विपरित बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा नाम पेश गरिएकोले आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए ।

कांग्रेसले बन्द सूचीमा यादवको नाम मधेसीतर्फ ३ नम्वरमा राखेको बुझिएको छ । उनले भनेका छन्, ‘वरियताक्रम नमिलाई मेरो नाम ३ नम्बरमा राखिएको छ । २ नम्वरमा हुनुपर्थ्यो ।’

Published : Monday, 2022 October 3, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया