पूर्वराजाले विद्या भण्डारीको भन्दा गजबको निर्णय गरे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना समर्थकलाई टीका नलगाउने भएका छन् ।

पूर्वराजा शाहको सचिवालयले सूचना जारी गरेर जनता स्वास्थ्यका कारण आक्रान्त भएको भन्दै दशैँमा टीका नलगाइदिने भएका हुन् । शक्तिपीठहरुको पूजा पनि उनले नगर्ने जनाएका छन् ।

कम्युनिस्ट पृष्ठभूमि भएकी राष्ट्रपति विद्यादेवी भण्डारी दशैँको अवसरमा टीका लगाइदिने कार्यक्रम सार्वजनिक गरेका बेला पूर्वराजा शाहले जनताको स्वास्थ्य र रोगले मुलुक आक्रान्त भएको भन्दै दशैँका सबै औपचारिक कार्यक्रम रद्द गरिदिएका छन् ।

Published : Sunday, 2022 October 2, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया