गोदावरीको चन्द्र भैरवद्वारा फुटबलको उपाधी कब्जा

गोदावरी । ललितपुर जिल्लाव्यापी खुल्ला फुटबल प्रतियोगिताको उपाधी गोदावरी नगरपालिका–११ चापागाउँको चन्द्र भैरव युवा क्लवले कब्जा गरेको छ ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलका चापागाउँको चन्द्र भैरव युवा क्लवले लेलेको ज्ञान कुण्ड युवा क्लवलाई टाइवेकरमा पराजित गरी विजयी भएको हो । प्रतियोगितामा ललितपुर जिल्लाका २८ वटा क्लवहरूले भाग लिएको राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले बताए ।

शुक्रबार भएको फाइनलमा विजयी भएको चन्द्र भैरवले नगद ५० हजार र उप–विजेता ज्ञान कुण्ड युवा क्लवले २५ हजार र तृतीय जनचेतना युवा क्लवले १० हजार नगदसहित पुरस्कृत भएका छन् ।

जनचेतना युवा क्लवद्वारा आयोजित ललितपुर जिल्लाव्यापी फुटबल प्रतियोगिता विजयी खेलाडी तथा प्रतियोगिता संचालनका लागि योगदान पुर्‍याउनेहरूलाई सम्मान तथा टोकन अफ लभ प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, विशेष अतिथिहरू नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, उप–मेयर मुना अधिकारी, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मिलन सिलवाल, वडाध्यक्ष विष्णुमान महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको उपस्थिति थियो । उनीहरूले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमका अतिथि नेपाली कांग्रेस क्षेत्र नं. १ का कोषाध्यक्ष दीपक घिमिरेले पनि पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा समाजसेवी, युवाहरूमाझ लोकप्रिय तथा ललितपुर जिल्लालाई खेलकुदमय बनाउन महत्वपूर्ण भूमिका निर्वाहा गरेका ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन सम्मानित भएका छन् ।

विनोद महर्जनलाई प्रमुख अतिथि गजेन्द्र महर्जनले सम्मानित गरेका छन् ।

Published : Friday, 2022 September 30, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया