एमालेका नेताद्वय मल्ल र कुँवर माओवादीमा प्रवेश

काठमाडौं । एमालेका नेताद्वय तिलक मल्ल ‘क्षितिज’ र नेपबहादुर कुँवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार ललितपुरमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मल्ल र कुँवरलाई पार्टी प्रवेश गराएका हुन् । मल्ल र कुँवर एमालेको कर्णाली प्रदेश कमिटीका सदस्य हुन् ।

मल्ल र कुँवरको राजनैतिक पृष्ठभूमि विगतमा माओवादी नै हो । नेकपा विभाजन हुँदा मल्ल र कुँवर एमालेतिर लागेका थिए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका नेताहरूको हर्कतबाट दिक्क भएर मल्ल र कुँवर माओवादीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा माओवादीका नेताहरू मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायतको उपस्थिति थियो ।

Published : Friday, 2022 September 30, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया