आफ्नै क्षेत्रका यी ८ जना समानुपातिकमा पार्दा पनि गगन अन्याय भयो भनेर किन बबण्डर मच्चाउँदै छन् ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समानुपातिकतर्फ अन्यायमा परेको भनेर सडकदेखि पार्टी मुख्यालयसम्म बबण्डर मच्चाइरहेका बेला आफ्नै क्षेत्रबाट ८ जनलाई समानुपातिकको सूचीमा राखेको खुलासा भएको छ ।

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका महामन्त्री थापाले आफ्नै क्षेत्रका ८ जना नेताहरूलाई समानुपातिकको सूचीमा राख्न सफल भएका हुन् । एउटै क्षेत्रबाट ८ जनालाई समानुपातिकमा राख्न सफल हुँदा पनि थापालाई अझै के पुगेन ?

तैपनि थापाले आफ्ना नेताहरूलाई समानुपातिकतर्फ उम्मेदवार नबनाएको भनेर सभापति शेरबहादुर देउवाविरुद्ध सडक आन्दोलन गर्न लगाएर बबण्डर मच्चाएका छन् ।

काठमाडौं कांग्रेसका नेता प्रगतिमान रञ्जितले फेसबुकमा काठमाडौं उपत्यकाभित्र कांग्रेसको समानुपातिक सूचीमा को–को परेको भनेर सबैको नाम राखिदिएका छन् । रञ्जितले महामन्त्री थापाको हर्कत नङ्ग्याइदिएका छन् । महामन्त्री थापाले नेता रञ्जितको राजनीतिलाई थिचोमिचो गरेर राखेका छन् । त्यो कुरा थापाले बुझ्नु पर्दैन् ? थापाले काठमाडौंमा क–कसको राजनीति धरापमा पारिदिएका छन् त्यो पनि बाहिर आउनुपर्छ ।

महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको समानुपातिकतर्फ कर्मा छिरिङ शेर्पा, प्रदेश सभा
राजु श्रेष्ठ, नरोत्तम बैद्य, सानु श्रेष्ठ, ईन्द्रबहादुर थापा, याङ्किला शेर्पा, राजन बिक र मीनु पराजुलीलाई सूचीभित्र राखेका छन् ।

महामन्त्री थापाले अब सबैलाई समेटेर लैजानुपर्छ । थापा नेविसंघको नेता होइनन् । उनी पार्टीको महामन्त्री हुन् । त्यो पनि सबैभन्दा धेरै र लोकप्रिय मत पाएका नेता हुन्, उनी ।

महामन्त्री थापाले आफ्नो पद र जिम्मेवारीको मर्यादा राख्नुपर्छ । पार्टीभित्रको असन्तुष्टिलाई आफ्ना समर्थकलाई उचालेर सडक आन्दोलन गराउने, सभापति देउवाको मानमर्दन गर्ने जस्ता कार्य गर्नु हुँदैन ।

कांग्रेस नै रहेन भने गगन थापा र शेखर कोइराला पनि नरहन सक्छन् । सभापति देउवाले कांग्रेसलाई सिध्याउने गरेर कदापि काम गर्दैनन् । देउवाले पनि बुझेका छन् कांग्रेस पराजित भयो भने आफू पनि समाप्त हुने कुरा ।

बरु पार्टीभित्रको विवाद निर्वाचनका बेला कोठाभित्र समाधान गरेर मिलेर चुनावमा जानुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि थापा र कोइरालाले औकातभन्दा माथि जानु हुँदैन ।

मिडिया परिचालन र साइबर सेना प्रयोग गर्न गगन थापा निकै माहिर छन् । यो विषयमा देउवा निकै कमजोर छन् । तर, कांग्रेस बचाउने हो भने महामन्त्री थापा र नेता कोइरालाले आफूभित्र सुधार गर्नुपर्छ ।

Published : Thursday, 2022 September 29, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया