कांग्रेसभित्र गगन–शेखर समूहको अचम्मको रमिता, सानेपामा एमालेलाई खुसी पार्ने हर्कत

काठमाडौं । निर्वाचन प्रक्रिया शुरु भइसकेको अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाविरुद्ध प्रदर्शन गरेर कम्युनिस्टहरूलाई हँसाएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गगन–शेखर समूहले सभापति देउवाविरुद्ध धर्ना र प्रदर्शन गरेको हो । समानुपातिक टिकटमा आफूहरूलाई ४० प्रतिशत माग गरेर गगन–शेखर समूहले प्रदर्शन गर्दै आएको छ ।

सभापति देउवाले सबैलाई मिलाएर लैजान सूचीमा गगन–शेखर समूहका नेताहरूलाई पनि राखेका छन् । तर, गगन–शेखर समूहले किन हो बबण्डर मच्चाइरहेको छ ।

धर्नामा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी, नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीशनरसिंह केसी, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, नेविसंघ पूर्वअध्यक्ष महेन्द्र शर्मा, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेपाल तरुण दलको महासचिव पदबाट बर्खास्त भएका भुपेन्द्रजंग शाही, नेताहरू वंशलाल मोक्तान, युवराज भट्टराई, मेदिनी सिटौला, लेखनाथ पोखरेललगायतको उपस्थित रहेको थियो ।

धर्नामा महामन्त्री गगन थापा र नेता शेखर कोइराला, उप–भसभापति धनराज गुरुङ, सह–महामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुन नरसिंह केसी, रामशरण महत, मीनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेताहरू देखिएनन् ।

गगन–शेखर समूहले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ताहरू गरेका समाचार आइरहेका बेला यो समूहले सभापति देउवाविरुद्ध प्रदर्शन गरेको छ ।

गगन–शेखर समूहको हर्कतले कांग्रेसलाई निर्वाचनमा कुनै पनि हालतमा फाइदा हुनेछैन । कांग्रेस पराजित भयो भने यसको सबै जिम्मेवारी गगन–शेखर समूहले लिनुपर्छ ।

कांग्रेस नै रहेन भने गगन–शेखर कसका लागि राजनीति गर्ने हुन् प्रश्न उठेको छ । समानुपातिकको सूचीमा २५ देखि ३० जना गगन र शेखरका नेताहरू पनि छन् ।

Published : Wednesday, 2022 September 28, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया