सल्यानमा जीप दुर्घटना, ८ जनाको मृत्यु

वीरेन्द्रनगर । सल्यानमा रा १ ज ५६३ नम्बरको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान राप्ती राजमार्गअन्तर्गत सल्यान कपुरकोट गाउँपालिका–३ मुलपानीमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको जीप दुर्घटना भएको छ ।

दुर्घटनामा जीप चालक कपुरकोट गाउँपालिका–६ जलवाङका २१ वर्षीय जीतबहादुर बोहरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, टोपबहादुरका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा एकजना घाइते भएका छन् । घाइते कपुरकोट गाउँपालिका–६ जलवाङका ३५ वर्षीय तिलक ओली रहेका छन् ।

घाइते ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

जीपमा ९ जना सवार रहेका थिए । जीप अनियन्त्रित भइ सडकबाट करीब १ सय ५० मिटर तल खसेको छ ।

Published : Wednesday, 2022 September 28, 8:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया