काठमाडौंसहित बागमतीमा कांग्रेसले कति सिट पाउँदैछ ? सभापति बानियाँको बबाल खुलासा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले प्रतिनिधि सभा र प्रदेशमा कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा मंगलबार आयोजित कांग्रेसको कार्यक्रममा बानियाँले गठबन्धन गर्नैपर्ने बाध्यता र अनिवार्यता रहेको बताए ।

उलने बागमती प्रदेशमा प्रदेश निर्वाचन क्षेत्रमा ६६ रहेकोमा ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको बताएका छन् ।

माओवादीले १५ वटा र नेकपा (एकीकृत समाजवादी)को ९ वटा प्रदेश सांसद रहेको उनले बताए । गठबन्धनलाई जिताउने हो भने जित्ने ठाउँमा मात्रै लिन आग्रह गरिएको बानियाँले बताए ।

बिगतमा माओवादीले ७ वटा जितेको र एकीकृत समाजवादीले ३ वटामा जितेको उनले बताए ।

बागमती प्रदेशमा ३३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा माओवादीले जितेको जम्मा ७ वटा रहेको बानियाँले बताए ।

उनले भने, ‘एकीकृत समाजवादीले बढिमा ३ वटा लिने, माओवादीले ७ वटा लिने । अरु २१ वटा कांग्रेसले लिने गरेर जानुपर्छ ।’

‘जसपाले काठमाडौंको क्षेत्र नम्बर ७ र ८ मागेको छ । कांग्रेसले छाड्नुपर्ने अवस्था छ । उनीहरूले काठमाडौंको २ र ९ मा उनीहरूको दाबी छ’, उनले भने, ‘केन्द्रीय नेतृत्वले कांग्रेसलाई बलियो बनाउँदै गर्दा एकताभित्र तिक्तता पनि होला । मुखलाई होइन, रुखलाई हेर्नुपर्छ ।’

मिलाएर जानुपर्ने भएकाले कांग्रेसले जितेको ठाउँ सुरक्षित राखेर प्रदेशमा १÷२ वटा थपिन सक्ने बताए ।

उनले जित्न नसक्ने ठाउँमा दाबी नगर्न गठबन्धनका अन्य दललाई आग्रह गरिएको सभापति बानियाँले बताएका छन् ।

‘मंसिरको ४ गते हामीले गलत कार्य गर्ने र जनतालाई भ्रम सिर्जना गर्ने कम्युनिस्टका बीचमा त्यसमा विशेष गरेर एमाले, भ्रम सिर्जना गर्ने, जनतालाई लोभ बाँड्न, सुखी नेपाली, समृद्ध नेपाल भन्ने, कागज र कुरामा तर, व्यवहारमा छैन’, उनले भनेका छन् ।

‘नगर्ने कुरा धेरै गर्ने, कुराले सबै जित्ने, रेल पनि आउने, पानीजहाज पनि आउने, कोरोनाका बेला भ्रष्टाचार गर्ने, मुलुकलाई असफल बनाउने’, बानियाँले भनेका छन् ।

‘माओवादीले एमाले छाड्नुमा साढे तीन वर्षसम्म केही पनि हुन सकेन’, उनले भने, ‘साढे तीन वर्षसम्म शान्ति प्रक्रियाको कुरा अगाडि बढेन, ओलीले प्रचण्डलाई लगेर थुन्नेसम्म योजना बनाउनुभयो । केपी ओली संघीयता विरोध हुन् ।’

‘एमसीसी ल्याएर कांग्रेसले आर्थिक रुपमा बलियो बनाएको छ’, उनले भने, ‘कांग्रेसको भिडको पछाडि हिँड्दैन ।’

कार्यक्रममा नेताहरू भीमसेनदास प्रधान, कृष्णसबुज बानियाँ निमा लामालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 September 27, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया