अग्निलाई आफ्नै भतिजा बने ‘गलपासो’, चकित पर्ने गोप्य भेटवार्ताहरू

काठमाडौं । माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाका लागि आफ्नै भतिजा माधव सापकोटा ‘सुवोध’ गलपासो बनेका छन् ।

भतिजा सुवोधका कारण सिन्धुपाल्चोक क्षेत्र नं. १ मा अग्नि सर्वसम्मत हुन सकेनन् । अग्निलाई उछिनेर सुवोधले टिकटमा दाबी गरिरहेका छन् । अग्निलाई दवाव दिएर सुवोधले टिकट हत्याउन खोजेका छन् । अग्निलाई राजनीतिक रुपमा अहिले सबैभन्दा समस्या र घाँडो आफ्नै भतिजा भएका हुन् ।

अग्निका लागि माओवादीले सिन्धुपाल्चोक क्षेत्र नं. १ गठबन्धनसँग मागेको छ । यो क्षेत्रमा नेपाली कांग्रेस निकै बलियो बनेर आएको छ । अग्नि निकै कमजोर उम्मेदवार हुन् ।

सुवोधले आफ्ना काका अग्निलाई टिकटमा पत्तासाफ गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूसँग गोप्य रुपमा भेट गर्ने गरेका छन् ।

सुवोधको हर्कत र गतिविधि अग्निलाई राम्रोसँग जानकारी छ । काका र भतिजा टिकटका लागि मारामार गरेपछि सिन्धुपाल्चोक माओवादीभित्र खैलाबैला भएको छ ।

गएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको काँधमा चढेर काकताली मिलाएर अग्निले जितेका थिए । यस पटक अग्निले कांग्रेसको काँधमा चढेर जित्ने योजना बनाइरहेका छन् । अग्निको योजनामा भतिजा सुवोध तगारो बनेपछि काका र भतिजाको रमिता निकै रोचक बनेको छ ।

अग्निलाई भतिजा सुवोधले उप–राष्ट्रपति, प्रधानमन्त्री वा राष्ट्रपति बन्नु पर्ने भनेर उकासिरहेका छन् । सुवोधले अग्निलाई सभामुख भएको व्यक्ति सांसद पदमा उम्मेदवार बन्न नहुने भनेर माओवादीभित्र लबिङ गरेको चाल पाएपछि अग्नि चकित परेका छन् ।

अग्निलाई मान्छे मारेको अभियोग पनि लागेको छ । अग्निको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । अग्निलाई मान्छे मारेको मुद्दामा अदालतले जे पनि गर्न सक्छ ।

Published : Tuesday, 2022 September 27, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया