देउवाले कांग्रेस जिताउन प्रचार-प्रसारका लागि कमाण्डर तोके

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचार प्रसारका लागि केन्द्रीय सदस्य समेत रहेका प्रवक्ता डा.प्रकाशशरण महतलाई प्रचार प्रसारको चुनावी कमाण्डर बनाएका छन् ।

प्रधानमन्त्री एवम् सभापति देउवाले मंगलबार विज्ञप्ति जारी गरेर डा.महतलाई ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’को संयोजक बनाएका हुन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतलाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकमा मनोनयन गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रचार प्रसारको कुरालाई जबरजस्त रुपमा अगाडि बढाउने संकेत गरेको छ ।

प्रवक्ता डा.महतले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउनेछन् ।

Published : Tuesday, 2022 September 27, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया