विद्यादेवी भण्डारीको मधेशमा पुत्लो जल्यो, सडकमा भव्य प्रदर्शन

लहान । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएर विरोध गरेको छ ।

मंगलबार सिरहामा जसपाका नेता कार्यकर्ताले नागरिकता विधेयक रोकेको विरोधमा भण्डारीको पुत्ला जलाएको हो ।

जसपाका नेता कार्यकर्ताले राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले भण्डारीविरुद्ध जुलुस पनि प्रदर्शन गरेका छन् ।

जसपा मधेश समितिको आह्वानमा मधेशका अन्य जिल्लाहरूमा पनि राष्ट्रपति भण्डारीको कदमविरुद्ध प्रदर्शन तथा पुत्ला जलाइएको जसपाका नेताहरूले बताएका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोकेर संविधान विपरितको गतिविधि गरेकी छिन् । भण्डारीको गतिविधिलाई एमालेले साथ र समर्थन गरेको छ ।

एमालेकै उक्साहटमा नागरिकता विधेयक भण्डारीले रोकेको आरोप छ ।

Published : Tuesday, 2022 September 27, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया