लुम्बिनी कांग्रेसद्वारा आचार्यको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीले महामन्त्री सरेन्द्रराज आचार्यको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९, लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति बनाएको छ ।

समितिले घोषणा पत्रका विषयमा सबै पक्षसँग परामर्श र सरसल्लाह गरेर मस्यौदा तयार पार्ने उप–सभापति राजु खनालले बताए । मस्यौदालाई कार्यसमितिले अन्तिम रुप दिने उनको भनाइ छ ।

समितिको सदस्यमा सह–महामन्त्री निमा गिरी, पवन नेपाली, डा.जयबहादुर टण्डन, सन्दीप राना, तारा बन्जाडे, नहकुल केसी, मुक्तिराम श्रेष्ठ, दामोदर भुसाल, दीपक सुवेदी, लेखनाथ पोखरेल रहेका छन् ।

गोकर्ण बन्जाडे, अपील केसी, संहाबुद्धन खाँ, अमृत ज्ञवाली, मोहम्मद असरफ हलुवाई, अमन भुसाल, सन्तोष चौधरी, कुसुम थापा मगर, रन्जन काफ्ले, शर्मिला आचार्य र मन्दीप सुवेदी पनि सदस्य रहेका छन् ।

Published : Tuesday, 2022 September 27, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया