प्रहरीद्वारा हिमपहिरोमा पुरिएकाहरूको उद्दार, बाँकीको खोजी हुँदै

चुमनब्री । प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पबाट ९ जनाको उद्दार गरेको छ ।

सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनालाई कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उद्दार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पुरिएरकामध्ये दोलखा गौरीशकंर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जितबहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका–१ बस्ने २७ वर्षीय सुकुबहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल कपन काठमाडौंमा ल्याइएको छ ।

सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वासहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ ।

पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।

Published : Tuesday, 2022 September 27, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया