यी चर्चित सेलिब्रेटीलाई प्रहरीले कठालोमा समातेर घिसारेर काठमाडौं ल्याउने

काठमाडौं । नेपाल प्रहरीले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशबाट पक्राउ गरेर स्वदेश ल्याउने तयारी गरेको छ ।

लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा लामिछाने भए नभएको खोजी गर्नेछन् ।

आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ ।

क्रिकेट खेलाडी लामिछानेमाथि किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छिन् ।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले क्रिकेट खेलाडी लामिछानेको खोजी गर्ने सबै प्रक्रिया अपनाएको बताएका छन् ।

प्रहरीले लामिछानेलाई जहा भए पनि पक्राउ गरेर ल्याएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ । लामिछानेलाई दोषी पाइएमा कानूनअनुसार कारबाही हुनेछ ।

नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहले पनि कुनै पनि अपराधलाई संरक्षण नगर्ने जनाइएसकेका छन् ।

Published : Monday, 2022 September 26, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया