गणेश तिमिल्सिनाको हर्कत अधिनायकवाद र निरंकुश बन्यो, एमालेलाई अहँकारी नबन्न चेतावनी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको उक्साहटमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई असहयोग गरिरहेका बेला एमालेबाट राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेश तिमिल्सिनाले पनि आफ्ना हर्कत देखाउन थालेका छन् ।

तिमिल्सिनाले आफ्नो निजी सचिवालयमार्फत संसद सचिवालयलाई बन्धक बनाउन खाजेका छन् । तिमिल्सिनाले संसद सचिवालाई आफ्नो पकडमा राख्न विभिन्न हर्कत गरिरहेका रहस्य बाहिर आएका छन् ।

अध्यक्ष तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटा र उप–सभामुख पुष्पा भुसालले आफू अनुपस्थित भएको बेला व्यवस्थापन समितिको बैठक बोलाएर गरेका निर्णय कार्यन्वयन नगर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

तिमिल्सिनाले सापकोटा र भुसाललाई कानून बमोजिम पदमुक्त भइसकेको जनाएका छन् ।

अध्यक्ष तिमल्सिनाको निजी सचिवालयका उप–सचिव सुशीला आचार्यले आइतबार संसदका महासचिव डा. भरतराज गौतमलाई पत्र लेखी असोज ५ गते बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यन्वयन नगर्न निर्देशन दिइएको जनाएका छन् ।

सभामुख सापकोटाको निर्देशनमा महासचिव गौतमले बैठक बोलाएर कर्मचारी पदस्थापन, विदेश अध्ययन विदा स्वीकृति लगायतका विभिन्न निर्णय गराएको आरोप एमालेका तिमिल्सिनाले लगाएका छन् ।

अध्यक्ष तिमिल्सिनाले सभामुख र उप–सभामुख पदमुक्त भए नभएको बारे निर्वाचन आयोगलाई समेत पत्राचार गरेका छन् ।

तिमिल्सिनाको पत्रमा प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल सकिएकाले पदमुक्त सभामुखले गरेका निर्णय कार्यन्वयन गर्न गराउन उपयुक्त नदेखिएको उल्लेख छ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संसद सचिवालयमा एमालेको अड्डा बनाउन खोजेको आरोप छ । तिमिल्सिना र सभामुख सापकोटाबीच लामो समयदेखि बोलचाल नै छैन । अहिले आएर तिमिल्सिनाले सापकोटामाथि बदला लिएका छन् ।

तिमिल्सिना र सापकोटाबीच लामो समयदेखि विवाद छ । उनीहरूका बीच बोलचाल पनि छैन ।

Published : Sunday, 2022 September 25, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया