सरकारद्वारा ५ सचिवको सरुवा, एमालेको टाउको दुख्यो

काठमाडौं । सरकारले ५ जना सचिवहरूको सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बैठकबाट सरकारले ५ सचिवको सरुवा गरेको बुझिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त सरुवा गरिएको छ ।

सुमनराज अर्याललाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानून सचिव धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

कानून मन्त्रालयका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

सरकारले मंसिर ४ गतेको निर्वाचनलाई असर नपर्ने गरेर ऐन र कानूनअनुसार सचिवहरूको सरुवा गरेको छ ।

सचिवहरूको सरुवालाई लिएर एमालेले राजनीति गर्न खोजेको छ । एमालेले सरकारको नियमति कार्यलाई अबरोधको प्रयासहरू गरिरहेको छ ।

Published : Sunday, 2022 September 25, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया