गृह मन्त्रालयद्वारा तीन जना एसएसपीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।

गृह मन्त्रालयले ३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरुवा गरेको हो ।

बुटवल तालिम केन्द्रमा एसएसपी विनोद घिमिरेलाई काज सरुवा गरिएको छ ।

बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत दीपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

Published : Saturday, 2022 September 24, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया