शेखर समूहको नाममा यी नेताहरूले देखाए काठमाडौंमा रमिता, धनराज–गगन–शेखरबाटै बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला समूहको खबरदारी सभामा सोही समूहका शीर्ष नेताहरूले बहिष्कार गरेका छन् ।

शनिबार काठमाडौंको थापागाउँस्थित एउटा पार्टी प्यालेसमा भएको सभामा उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला, सरिता प्रसाइँ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, रामशरण महतलगायतले बहिष्कार गरेका हुन् ।

यसअघिका भेला र गुटका बैठकमा देखिने गरेका उनीहरू बानेश्वरको खबरदारी सभामा देखिएनन् ।

खबरदारी सभामा केन्द्रीय सदस्य दिनेश कोइराला, प्रकाश रसाईली, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, नेताहरू मोती भण्डारी, मोहन बस्नेत, ऋषिराम घिमिरे, गुरुराज घिमिरे, तेजुलाल चौधरी, विकास लामा, रमेश धमला, प्रचण्ड न्यौपाने, मनोजमणि आचार्य, भुपेन्द्रजंग शाही लगायतका नेताहरूको उपस्थिति रहेको छ ।

शेखर गुटको खबरदारी सभाको सभापतित्व नुवाकोट कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश नरसिंह केसीले गरेका छन् ।

टिकट पाउन सम्भावना नरहेका ‘हुतिहारा’ नेताहरूलाई जम्मा गरेर नुवाकोट कांग्रेसका पूर्वसभापति केसीले खबरदारी सभा गरेको चर्चा छ ।

महामन्त्री गगन थापाका ससुरा समेत रहेका केसीले नुवाकोट कांग्रेसमा सबै टिकट आफ्नो परिवारभित्र मात्रै बाँड्नुपर्ने अडानमा छन् ।

केसी परिवारका कारण नुवाकोटमा कांग्रेस बिग्रिएको छ । शेखरसहितका गुटका ठूला नेताहरू नआएपछि खबरदारी सभामा सहभागीहरू चकित परेका छन् ।

जनताबाट रिजेक्ट भएका, महाधिवेशन हारेका र टिकट पाउने सम्भावना नदेखेपछि बार्गेनिङ गर्न शेखर कोइरालाको नाममा काठमाडौंमा केही नेताहरूले रमिता देखाएको आरोप छ ।

Published : Saturday, 2022 September 24, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया