फुटसलको उपाधि लिटिल एन्जल्सले जित्यो

काठमाडौं । छैठौं सुशील केडिया स्मृतिअन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ ।

जावलाखेलस्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोलअन्तरले पराजित गर्‍यो ।

सुरुवाती गोल पुलिस स्कुलले गरेतापनि खेलमा उत्कृस्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोश्रो पटक उपाधि जित्न सफल रह्यो ।

लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे । पुलिस स्कुलका राम थापाले एक गोल गरे ।

शुक्रबार सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २–१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

तेश्रो स्थानको लागि भएको खेलमा ग्रीनफिल्डले गान्धी आदर्शलाई ३–१ ले पराजित गर्‍यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका लक्ष्मण थानी भएका छन् । उत्कृष्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जितेका छन् ।

प्रतियोगिताको उदयमान खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भएका छन् ।

गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त गर्‍यो । विजेता खेलाडीहरूलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे भने सोहि अवसरमा श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो ।

तिन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए । यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डीएभी स्कुलले जितेको थियो ।

Published : Friday, 2022 September 23, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया