पत्रकारहरूको सबैभन्दा ठूलो पुरस्कार थापालाई प्रदान, क–कसले पाए पुरस्कार ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले प्रदान गर्ने विभिन्न पुरस्कारहरू
प्रदान गरेकी छिन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले प्रेस काउन्सिलको पुरस्कारहरू प्रदान गरेकी हुन् ।

‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार माधव ‘विद्रोही’लाई प्रदान गरिएकोे प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जनाएका छन् ।

थापा इकागज डटकमका सम्पादक हुन् । माधव राष्ट्रिय समाचार समिति (रासस)का पूर्वबोर्ड सदस्य हुन् ।

‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ रिपब्लिका दैनिक डटकमका कार्यकारी सम्पादक विमल योगी ‘विनोद’, वरिष्ठ पत्रकार दामोदर दवाडी, राससका प्रधानसम्पादक एकराज पाठक, मनोज जोशी, पुस्कर बुढाथोकी, भूपराज खड्का, कृष्ण केसी, निशा ओली, श्यामनाथ कुँवर र सुरेश धामीलाई प्रदान गरिएको छ ।

दैनिक नेपाल डटकमकी संस्थापक शारदा गैरे र सञ्चिता घिमिरेलाई प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार र रवीन्द्र काफ्लेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार बालकृष्ण अधिकारी, नवराज छत्कुली, दिलबहादुर छत्याल र सुरेन्द्र काफ्लेलाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ टेकराज थामी र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ मायामितु न्यौपानेलाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ दशरथ घिमिरे, केशरराज क्षेत्री, प्रदीप परियार, महेश केसी, डिबी बुढा, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, राजेन्द्र धामी, हीमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएकोे छ ।

प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार शारदा गैरे, रमा केसी र सरिता ज्ञवालीलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर (कमल) राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाएका छन् ।

‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको छ ।

काउन्सिलका कर्मचारीहरूलाई पनि राष्ट्रपतिबाट नगद पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक गणतन्त्र ल्याउन पत्रकारहरूको ठूलो योगदान रहेको बताएका छन् । मन्त्री कार्कीले पुरस्कार र सम्मान पाउने सबै पत्रकार तथा सञ्चारकर्मी र काउन्सिलका कर्मचारीहरूलाई बधाइ दिएका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कृत हुने पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यावाद दिएका छन् ।

Published : Thursday, 2022 September 22, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया