चालेन्द्र निलम्बनमा परेका बेला सर्वोच्चद्वारा ठूलो संख्यामा कर्मचारीको सरुवा

काठमाडौं । सर्वोच्च अदालतले नायब सुब्बासहित ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ ।

सर्वोच्चले नासुदेखि श्रेणीविहीन २६४ जना कर्मचारीको सरुवा गरेको छ ।

सर्वोच्चले बिहीबार सूचना जारी गरेर सरुवाको सूची सार्वजनिक गरेको छ ।

सर्वोच्च अदालतले निर्वाचनको मुखमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा निलम्बनमा परेका बेला सर्वोच्चद्वारा कर्मचारीहरूको सरुवा भएको छ ।

सर्वोच्च प्रशासनले चोलेन्द्रको संरचना भत्काउन कर्मचारीहरूको सरुवा गरेको चर्चा पनि छ ।

Published : Thursday, 2022 September 22, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया