स्टार सहकारीलाई मर्जर गराउने लालीगुराँसको अर्को बोल्ड निर्णय

पुल्चोक । श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग मर्जर गर्ने निर्णय गरेको छ ।

ललितपुरको पुल्चोकमा मुख्यालय रहेको लालीगुराँसको बुधबार बसेको बोर्डको बैठकले लगनखेल कार्यालय रहेको स्टार बचत तथा ऋण सहकारीलाई मर्जर गर्ने निर्णय गरेको लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताएका छन् ।

बिहीबार लालीगुराँस र स्टारबीच मर्जरको सम्झौतमा हस्ताक्षर हुने तयारी छ ।

यसअघि, लालीगुराँस र गतिशील बहुउदेश्यीय सहकारी संस्था लिमिटेडबीच मंगलबार मर्जर गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

लालीगुराँसले आगामी ६ महिनाभित्र कम्तीमा १५/२० वटा सहकारीसँग मर्जर गरेर अगाडि बढ्ने नीति लिएको छ ।

ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था बलियो सहकारीमा पर्छ । विगत २३ वर्षदेखि गुणस्तरीय सेवा दिँदै आएको लालीगुराँसको लगानी पारदर्शी छ ।

लालीगुराँसले आफ्नो हिसाब किताब आफ्ना सदस्य र निक्षेपकर्ताले हेर्न चाहेमा जतिबेला पनि उपलब्ध गराउँदै आएको छ ।

Published : Wednesday, 2022 September 21, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया