अध्यक्ष अन्सारी र मन्त्री श्रेष्ठबीच भेटवार्ता, मुस्लिम कर्मचारीबारे परामर्श

काठमाडौं । मुस्लिम आयोगले संघीय मामिला तथा सामान्य मन्त्रालयसँग कर्मचारी दरबन्दीका विषयमा जानकारी मागेको छ ।

मंगलबार ललितपुरको जावलाखेलस्थित आयोगको मुख्यालयमा अध्यक्ष समिम मियाँ अन्सारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठसँग कर्मचारी दरबन्दीका विषयमा परामर्श गरेका हुन् ।

निजामती कर्मचारीमा मुस्लिम समुदायको प्रवेश र नयाँ दरबन्दीलगायतका विषयमा मियाँ र श्रेष्ठबीच सम्वाद भएको जनाइएको छ ।

मुस्लिम समुदायको हक अधिकारका विषयमा आयोगले पछिल्लो समय आफूलाई सक्रिय बनाएको छ ।

आयोगको चासोपछि मन्त्री श्रेष्ठले निजामती सेवामा मुस्लिम समुदायका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

Published : Tuesday, 2022 September 20, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया