कांग्रेस नेता गिरी प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीमा समावेश

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरी समानुपातिकतर्फ उम्मेदवारको सूचीमा परेका छन् ।

पत्रकारिता पृष्ठभूमिका नेता गिरीलाई कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फ उम्मेदवार बनाएको उच्च कांग्रेसले जनाएको छ ।

गिरीले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृत्वले मेरो नाम प्रतिनिधि सभातर्फ समानुपातिकको सूचीमा राखेको सुनेको छु ।’

गिरी कांग्रेसको राजनीतिमा काठमाडौंमा सक्रिय छन् । काठमाडौं कांग्रेसको संगठन निर्माणमा उनको पनि योगदान छ ।

सभापति देउवा निकट मानिने गिरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसको शानदार जित हुने दाबी गरेका छन् ।

Published : Tuesday, 2022 September 20, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया