यी हुन् विभुषण र पदक पाउने ६५ प्रहरीहरू

काठमाडौं । सरकारले नेपाल प्रहरीका ६५ जनालाई विभूषित गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले प्रहरीलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने जनाएको हो ।

प्राविधिक डीआईजी डा. सुन्दरप्रसाद ह्योजुसहित १० जना प्रहरीलाई सुप्रवल जनसेवाश्री प्रदान गरिनेछ ।

सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरू चक्रबहादुर सिंह, भरतबहादुर बोहरा, मधुसुदन लुइँटेल, कृष्णहरि शर्मा, अर्जुन चन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली रहेका छन् ।

प्राविधिकतर्फ वरिष्ठ उपरीक्षकहरू डा.देउती गुरुङ, राकेशकुमार सिंह र छायाँदेवी गुरुङ रहेका छन् । प्रबल जनसेवाश्री १३ जना प्रहरीलाई प्रदान गरिनेछ ।

प्रबल जनसेवाश्री पाउनेमा एसपीहरू विश्व अधिकारी, सन्तोष खड्का, दीपशम्शेर जबरा, रन्जु सिग्देल, योगबहादुर पाल छन् ।

डीएसपीहरू मकेन्द्रकुमार मिश्र, होमबहादुर पराजुली, तर्कराज पाण्डेय, फणिन्द्र प्रसाइँ, रन्जनकुमार दाहाल रहेका छन् ।

इन्स्पेक्टरहरू मणिराम थापा, बबिन्द्र नेम्बाङ र सालिकराम तिमिल्सिनालाई पनि प्रवल जनसेवाश्री प्रदान गरिनेछ ।

राष्ट्रदीप १५ जनालाई प्रदान गरिनेछ । सहायक हवल्दार प्रकाश कठायत, डीएसपी कृष्णकुमार चन्द, डीआईजी उमेश जोशी, डीएसपी बेदप्रकाश जोशी रहेका छन् ।

डीएसपीहरू बसन्तकुमार शर्मा, मनोजित कुँवर र गोविन्द थापाले पनि पदक पाउनेछन् ।

इन्सपेक्टरहरू शेखरजंग मल्ल, कमल वेल्बासे, दीपेन्द्रकुमार खत्री, वीरेन्द्रसिंह जोहारी, तिलकबहादुर सुनार, गजेन्द्र रावल, देवेन्द्रबहादुर शाह र केशव गौतमले राष्ट्रदीप पाउनेछन् ।

नेपाल प्रताप आभूषण २१ जनालाई प्रदान गर्ने निर्णय भएको छ । वरिष्ठ प्रनानीहरू उपेन्द्रबहादुर बुढाथोकी, जनककुमार गिरी, डम्बरबहादुर चन्द, प्रकाशप्रसाद थानी र दिवानी चन्दले सो पदक पाउनेछन् ।

प्रनानीहरू कमल परियार, किशोर थापा, सागर थापा, प्रदेशीराम चौधरी र रमेशकुमार खड्कालाई सो पदक दिइनेछ ।

असईहरू सचेन्द्रप्रसाद यादव, झुपलाल खड्का र चेतनाथ गिरीले पनि सो पदक पाउनेछन् ।

नेपाल प्रताप भुषण पाउने प्रहरी उपरीक्षकहरूमा श्यामकुमार महतो, अनुपमशमशेर जबरा, नवराज अधिकारी, सुरेशप्रसाद काफ्ले, भुवनेश्वर तिवारी, कमल थापा र बेद विष्ट छन् ।

प्राविधिकतर्फका एसपी ज्ञानेन्द्रकुमार राईलाई पनि नेपाल प्रताप आभूषण दिइनेछ ।

नेपाल प्रताप भुषण पाउनेमा वरिष्ठ हवल्दार भेषबहादुर मगर, हवल्दारहरू सपना श्रेष्ठ, हस्तबहादुर साँवत र विनोद थापा छन् ।

प्रहरी सहायक हवल्दार साजन लामालाई वीरता पदक दिइनेछ छ । हवल्दार बुद्धिराज तामाङलाई सौर्य पदक प्रदान गरिनेछ ।

Published : Monday, 2022 September 19, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया