एमालेको बलमा उफ्रिएका चालेन्द्र झन् एक्लिए, राष्ट्रपति र सेनाले मान्यता दिएनन्

काठमाडौं । एमालेको साथ पाएपछि कानून र संविधान विपरितका हर्कत गर्न खोजेका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा बोलाइएको छैन ।

औपचारिक कार्यक्रमहरूमा नबोलाएपछि जबरा तनाबमा परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा कार्यक्रम राखेकी छिन् । जबरालाई शीतल निवासले निम्तो पठाएको छैन ।

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई निमन्त्रणा गरिएको छ ।

जबरा निलम्बनमा छन् । उनले आफू फुकुवा भएको भन्दै आइतबार सर्वोच्च अदालतमा छिर्ने जनाएका थिए । सरकारले उनलाई दिएको सुरक्षासम्बन्धी सुरक्षा खोसिदिएको छ ।

टुंडीखेलमा सोमबार भएको संविधान सम्बन्धी कार्यक्रममा पनि जबरालाई बोलाइएन । कामु प्रधानन्यायाधीश कार्की उपस्थित रहेका थिए ।

नेपाली सेनाले गरेको सो कार्यक्रममा जबरालाई नबोलाएपछि सेना र राष्ट्रपतिले समेत निलम्बनको कुरालाई मान्यता दिएका छन् ।

Published : Monday, 2022 September 19, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया