दोस्रो एकदिवसीय खेलमा केन्याविरुद्ध नेपालको शानदार जित

काठमाडौं । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो खेलमा नेपाल १६ रनले विजयी बनेको छ ।

नैरबीस्थित जिमखाना रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो ।

केन्याले भने ४६।३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको थियो । लगातार दोस्रो जितसँगै नेपालले एक दिनअघि नै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

Published : Saturday, 2022 September 3, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया