भारतका गौतम विश्वकै तेस्रो धनी व्यक्ति

नयाँदिल्ली । भारतीय अर्बपति गौतम अडानी संसारकै तेस्रो धनी व्यक्ति बनेका छन् ।

मंगलबार सार्वजनिक भएको ब्लुमबर्ग अर्बपति सूचीमा अडानी तेस्रो नम्बरमा परेका हुन् । एलन मस्क र जेफ बेजोस उनीभन्दा अगाडि छन् ।

अडानीको सम्पत्ति १३७ अर्ब डलर छ । टप १६ मा रहेका अरू सबै अर्बपतिको सम्पत्ति पछिल्लो समय घट्दा अडानीले १.१२ अर्ब डलर सम्पत्ति वृद्धि गरेका छन् । अडानी अहिले एसियाकै धनी व्यक्ति हुन् ।

एसियाबाट अहिलेसम्म कोही पनि संसारभरिका धनाढ्यको सूचीमा तेस्रो स्थानमा पुगेका थिएनन् ।

यसअघि एसियाका धनी व्यक्ति बनेका भारतका मुकेश अम्बानी र चीनका ज्याक मा कहिले पनि संसारका धनाढ्यको सूचीमा तेस्रो नम्बरसम्म पुग्न सकेका थिएनन् ।

अम्बानी अहिले अर्बपतिको सूचीमा ११औं स्थानमा छन् । ज्याकमा ३५औं नम्बरमा पुगेका छन् । ६० वर्षका अडानीले कोइलादेखि बन्दरगाहसम्मको व्यापार गर्छन् ।

अडानी भारतमा बन्दरगाह र विमानस्थल सञ्चालन गर्ने सबैभन्दा ठूलो कम्पनीका मालिक हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टीसँग अडानीको निकट सम्बन्ध छ ।

Published : Tuesday, 2022 August 30, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया