आर्थिक संकटमा गुज्रिएको श्रीलंका अफ्गानिस्तानसँग पराजित

लण्डन । एसिया कपअन्तर्गतको खेलमा श्रीलंकामाथि अफगानिस्तानले ८ विकेटको शानदार जित हात पारेको छ ।

शनिबारको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंका १९ ओभर ४ बल खेल्दै १०५ रनमा समेटिएको थियो ।

श्रीलंकाको लागि भानुका राजपाक्षले ३८ र चमिका करुणरत्नेले ३१ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानका लागि फजल्हक फरुकीले ३ विकेट लिए । मुजीब उर रहमान र मोहम्मद नाबीले २/२ विकेट लिएका छन् ।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १० ओभर १ बल खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

अफगानिस्तानका रहमानुल्लाह गुर्वाजले ४० तथा हजरातुल्लाह जाजाइले अविजित ३७ रनको पाली खेलेका छन् ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंका अफ्गानिस्तानसँग पराजित भएपछि क्रिकेटप्रेमीहरू निराश छन् ।

क्रिकेटमा श्रीलंका राम्रो मानिन्छ । आर्थिक संकटपछि श्रीलंकाको क्रिकेटमा पनि प्रभाव परेको संकेत देखिएको छ ।

Published : Sunday, 2022 August 28, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया