डा.महतको निर्देशनले कार्यकर्ताहरू खुशीले गदगद, देशभरि कांग्रेसले जित्ने पक्का

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले टिकट कुरेर नबस्न आग्रह गर्दै कांग्रेसको प्रचार प्रसारमा लाग्न निर्देशन दिएका छन् ।

शनिबार नेपाली कांग्रेस ललितपुरले ललितपुरमा आयोजना गरेको कार्यक्रममा डा.महतले भने, ‘अब मंसिर आइसक्यो । स्थानीय निर्वाचनमा हामी सफल मान्नुपर्छ । राम्रै परिणाम आएको छ ।’

‘यो परिणाममा टेकेर अझ हामीले जनसमर्थन बढाउनुपर्छ । मतप्रतिशत बढाउनुपर्छ’, उनले भने, ‘त्यो अभियानमा आजैदेखि हामी लाग्नुपर्छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘त्यसका लागि उम्मेदवारीको घोषणालाई पर्खीराख्न आवश्यक्ता छैन ।’

‘हामी पार्टी सिस्टममा छौं । पार्टीले तोकेको प्रतिनिधि उम्मेदवार हुने हो’, उनले भने, ‘आम नागरिकले पार्टीलाई मतदान दिने हो । पार्टीको प्रचार गर्नको लागि उम्मेदवार घोषणाको पखाइमा हामी रहन आवश्यक छैन ।’

उनले भने, ‘पार्टी केन्द्रित भएर जाऔं । आम नागरिकबीचमै कांग्रेसको पक्षमा प्रचार गरेर जानुपर्छ ।’

नेता डा.महतले भने, ‘अब हामीले कामबाट आफ्नो परिचय दिने हो । हरेक कार्यक्रममा नाम लिएर परिचय दिने होइन ।’

‘तपाईहरूको उपस्थितिनै त्यो परिचय हुन सक्छ । हामी गाउँपालिकाको साथीहरू हुन्, कि नगरपालिकाको साथीहरू हो, प्रदेशको होस् या क्षेत्रको होस्, क्षेत्रको होस्, तपाईहरू आउनेवित्तिकै उपस्थित अन्य साथीहरूलाई फलानो भन्ने होइन’, उनले भने, ‘किन भने साथीहरूले काम गरिरहेको हुन्छ । उसलाई नचिन्ने कुरै भएन ।’

उनले भने, ‘हामीले कार्यक्रममा मात्रै पटक–पटक भनेर यो पदमा छ भनेर भनिरहने हो भने त त्यस्तो पदमा रहेको खास महत्व पनि भएन ।’

‘त्यसैले कामबाट नै हाम्रो परिचय सुनिश्चित गर्नुपर्छ’, डा.महतले भने, ‘हरेक कार्यक्रममा लामो परिचय दिने र हरेक वक्ताले फेरि दोहोर्‍याउने स्थितिको हामीले अन्त्य गर्नुपर्छ ।’

‘चुस्तदुरुस्त, इनपुट, आउटपुटमा संसार गइसक्यो’, उनले भने, ‘के इनपुट दिँदा के आउटपुट आउँछ । हामी धेरै कर्मकाण्डमा केन्द्रित भयौं भने समयको वर्वाद, आउटपुट आउँदैन ।’

कार्यक्रममा सहभागी हुन आएका बेला प्रवक्ता डा.महतलाई ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, युवा नेता एवम् खेलकुद विभागका पूर्व सचिव मीनकृष्ण महर्जनसहितका नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

Published : Sunday, 2022 August 14, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया