विश्वप्रकाशको प्रस्तावमा सभापति देउवालाई कांग्रेसले दियो ‘पावर’

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि अधिकार दिएको छ ।

शनिबार ललितपुरमा बसेको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई टिकटको पत्र दिने अधिकार दिएको हो ।

‘२०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई “उम्मेदवार मनोनयनको औपचारिक पत्र” प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कांग्रेसले मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय पनि गरेको छ ।

‘२०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

‘२०७९ मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२(८) (क)(ख) र (ग) बमोजिम तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारीका लागि पार्टी बिधानको धारा ३२(७)(क)(ख)(ग) र (घ) बमोजिमको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालय मार्फत् निर्देश गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियानको पूर्व निर्धारित मितिलाई परिमार्जित गरेर भाद्र १० देखि भाद्र २४ गतेसम्म संचालन गर्ने ।’

Published : Saturday, 2022 August 13, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया