देउवाले बोलाए आकस्मिक रुपमा बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

देउवाले शनिबार बिहान साढे ९ बजेका लागि बैठक बोलाएका हुन् । पार्टी मुख्यालय सानेपामा बस्न लागेको बैठक देउवाले आकस्मिक रुपमा बैठक बोलाएका छन् ।

बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ । सत्ता गठबन्धनका बीच सिटबाँडफाँटका विषयमा छलफल हुनेछ ।

Published : Saturday, 2022 August 13, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया