चलचित्रका चर्चित नायक शाही कांग्रेसमा प्रवेश, गृहमन्त्री खाणद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले नायक अनुपविक्रम शाहीलाई कांग्रेसमा स्वागत गरेका छन् ।

शुक्रबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा खाणले शाहीलाई कांग्रेसमा पार्टी प्रवेश गराएका हुन् । शाहीले नेपाल तरुण दलको सदस्यता पनि लिएका छन् ।

शाहीले दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदयशम्शेर राणा, जितजंग बस्नेत, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

अभिनेता शाहीले ‘वीर विक्रम’, ‘कृ’, ‘हुर्रे’, ‘लिलिबिली’, ‘पुरानो बुलेट’, ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘कमलेको विहे’लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

Published : Friday, 2022 August 12, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया