अनुसन्धान विभागको एआईजीमा थापा र जोशीको बढुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा र ओम जोशीको बढुवा भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापा र जोशीलाई राष्ट्रिय अनुसन्धान विभागको बढुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

थापा विभागको राजधानी प्रमुख थिए । जोशी मधेश प्रदेशको प्रमुख थिए । विभागका प्रमुख यदुलाल खरेलले भदौ २३ गतेबाट अवकाश पाउँदैछन् ।

सरकारले भदौ २३ गतेपछि थापा र जोशीमध्येबाट वरिष्ठताका आधारमा विभागको प्रमुखमा नियुक्त गर्नेछ ।

यसअघि सरकारले ६ दिनका लागि मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापालाई बढुवा गरेको थियो ।

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पद नेपाल प्रहरीको एआईजी सरहको हो ।

Published : Thursday, 2022 August 11, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया