सरकारले कृष्णहरिलाई बनायो अर्थ मन्त्रालयको सचिव

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

सरकारले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ ।

तत्कालीन अर्थसचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको थियो ।

पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।

मरासिनीले अर्थमन्त्री जनार्दन शर्मालाई ठूलो असहयोग गरेका थिए ।

Published : Thursday, 2022 August 11, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया