कांग्रेस नेता भण्डारीद्वारा गोरखा– २ को टिकट दाबी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि सुरेन्द्र भण्डारीले गोरखा क्षेत्र नं. २ मा आफ्नो पनि उम्मेदवारीमा दाबी रहने बताएका छन् ।

बिहीबार प्रेस नोट जारी गरेर नेता भण्डारीले गोरखाको क्षेत्र नं. २ मा टिकटका लागि पार्टीमा आफूले पनि दाबी गर्ने बताए । उनले भने, ‘प्रतिनिधि सभाको चुनावमा गोरखा क्षेत्र नं. २ मा टिकटका लागि मेरो पनि दाबी रहेको छ ।’

कांग्रेसको सहकारी विभागको पूर्व सचिव समेत रहेका पाण्डेले पार्टीका नेताहरूसँग टिकटका विषयमा परामर्श गरिरहेको बताएका छन् । कांग्रेसको नेतृत्वले आफूलाई प्रतिनिधि सभाको निर्वाचनमा न्याय गर्ने नेता भण्डारीले बताएका छन् ।
गोरखा क्षेत्र नं. २ मा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पनि दाबी गरेका छन् ।

गोरखा जिल्लामा २ वटा निर्वाचन क्षेत्र छ । दुबै क्षेत्रमा गठबन्धनका नाममा दिने हो भने कांग्रेसलाई ठूलो नोक्सानी हुनेछ । गोरखा कांग्रेसले गठबन्धनभन्दा पनि कांग्रेसलाई हेरेर टिकट वितरण गर्नुपर्ने माग छ ।

गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गरेका छन् ।

यसअघिको चुनावमा बाबुरामलाई कांग्रेसले साथ दिएको थियो । कांग्रेसको समर्थनमा जितेका बाबुरामले एक महिनाभित्रै कांग्रेसलाई गाली गरेर कांग्रेस पार्टीलाई म्युजियममा लगेर राख्नुपर्ने टिप्पणी गरेका थिए ।

बाबुरामसँग पराजित भएका नारायणकाजी झ्यालबाट राष्ट्रिय सभामा छिरेका थिए । राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा दिएर नारायणकाजीले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दिने भनेर अभिव्यक्ति दिन थालेका छन् ।

Published : Thursday, 2022 August 11, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया