अञ्जाम दिने प्रमिलाको ग्याङ पक्राउ, प्रहरीद्वारा सुक्ष्म अनुसन्धानपछि पक्राउ

काठमाडौं । महोत्तरी प्रहरीले १८ वर्षीय अर्जुन साह ‘अजय’को हत्या अभियोगमा एक महिलासहित ५ जनालाई पक्राउ गरेको छ ।

अर्जुन साहको हत्या अभियोगमा प्रहरीले महोत्तरीको लोहारपट्टी–४ घर भई हाल धनुषाको जनकपुर–७ मा डेरा गरी बस्ने ३२ वर्षीय जितकुमार यादव, महोत्तरीको लोहारपट्टी–४ घर भई हाल जनकपुर–७ मा डेरा गरी बस्ने २१ वर्षीय कृष्ण यादव, धनुषाको जनकपुर–१८ घर भई जिरोमाईलमा कोठा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष कुमार, धनुषाको औरही–२ पौडेश्वर घर भई हाल क्षिरेश्वरनाथ–३ महेन्द्रनगरमा डेरा गरी बस्ने २१ वर्षीया प्रमिला महरा ‘किरण’ र धनुषाको औरही–२ पौडेश्वर घर भई हाल क्षिरेश्वरनाथ–३ महेन्द्रनगरमा डेरा गरी बस्ने २७ वर्षीय बिगुल मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्णप्रसाद पंगेनीले बताएका छन् ।

जनकपुर उप–महानगरपालिका–७ स्थित माछा बजारका अर्जुन साउन २० गते वेपता भएका थिए । खोजतलाशका क्रममा अर्जुनको शव साउन २३ गते बिहान १० बजे महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडकखण्डमा बाटोको पश्चिम साईडमा अर्जुन मृत अवस्थामा फेला परेका थिए ।

लोहारपट्टी नगरपालिका–९ खुट्टापिप्राढी बस्ने २३ वर्षीय जितकुमार यादवको भाई कृष्ण यादव र शहीदनगर नगरपालिका–
३ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरमा डेरा गरी बस्ने बिगुल मुखियाको श्रीमती २१ वर्षीया प्रमिला महरा ‘किरण’को पूर्व योजनानुसार अर्जुनको हत्या भएको एसपी पंगेनीले बताएका छन् ।

जितकुमार यादव र जनकपुर–७ जिरोमाईलमा कोठा डेरा गरी बस्ने अमर साह सुडीको छोरा २५ वर्षीय सन्तोष कुमारले अर्जुनलाई लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भमा जाने भनि झुक्याई अर्जुनको ई–रिक्सा (टेम्पो) मा बसेर गएका थिए ।

भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा लगी अर्जुनलाई जितकुमार यादव र सन्तोष कुमारले गम्छाले घाँटीमा पासो लगाई कसीँ हत्या गरी सोही बाटोको पश्चिम साईडमा रहेको नहरमा फालेको एसपी पंगेनीले बताएका छन् ।

१ वर्ष अगाडि प्रमिला महरा ‘किरण’, उनका श्रीमान बिगुल मुखिया र कृष्ण यादवले मृतक अर्जुन साहको घरबाट नगद १ लाख तथा सुनका गरगहना चोरी गरेका थिए ।

छ महिनापछि अर्जुन साहकी आमाले प्रमिला महरा ‘किरण’ र कृष्ण यादवलाई प्रहरी कार्यालयमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी उक्त रकम तिर्नको लागि प्रमिलाका श्रीमान बिगुल मुखियाले १ लाख १७ हजार र कृष्ण यादवले २ लाख ४६ हजारको कागज (तमसुक) जनकपुरमा बनाएका थिए । कागज गरेपछि उनीहरू सम्पर्क बिहीन भएका थिए ।

करिव २०/२५ दिन अगाडि उनीहरूलाई अर्जुन साहकी आमाले जनकपुरमा फेला पारी तमसुक बमोजिमको आफ्नो पैसा नतिरेमा प्रहरीमा उजुर गर्छु भनी डर देखाएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको छ ।

सोही रिसईवीको कारण प्रमिला महरा, उनका श्रीमान बिगुल मुखिया र कृष्ण यादवले अजय साह र उनकी आमालाई हत्या गरेर सुनका गरगहना, घरमा रहेको नगद र तमसुक समेत लुट्ने योजना बनाएको एसपी पंगेनीले बताए ।

प्रतिवादी कृष्ण यादवले पूर्व योजनानुसार आफ्नो दाजु जितकुमार यादव र सन्तोष कुमारलाई अर्जुन साहलाई मारेमा ३० हजार दिने सहमति भएको थियो ।

गम्छाले घाँटीमा पासो लगाई कसी ई–रिक्सा (टेम्पो) भित्रै हत्या गरी शवलाई सडकदेखि पश्चिम पट्टीको नहरमा फाली उक्त ई–रिक्सा (टेम्पो) प्रतिवादी जितकुमार यादवले चलाई सन्तोषकुमार सँगै बसी ई–रिक्सालाई जनकपुरको मुसहरी टोलस्थित माँ जानकी सप्लायर्स प्रा.लि.बालुवा डिपो नजिकको हिलो सडकमा छोडी फरार भएका थिए ।

Published : Thursday, 2022 August 11, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया