लाटोकोसेरोको यस्ता छन् अचम्मका कुराहरू

काठमाडौं । लाटोकोसेरो (उल्लु)ले स–साना जनावरहरूको शिकार गर्छ ।

दिउँसो आँखा नदेख्ने भएकाले लाटोकोसेरो दिउँसो एकैठाउँमा बसिरहन्छ । यसले रातिमा मात्र शिकारमा निस्कन्छ । यिनीहरूको घाँटी लचिलो हुन्छ । यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर हेर्छन् ।

यसको श्रवण शक्ति पनि दिनमा भन्दा रातमा बढी हुन्छ । मांसाहारी भएकाले यिनको आहारा चरागुरुङ्गीका स–साना बच्चा, किराफट्यांग्रा, चरामुसा हुन् ।

यिनीहरू चाँडो उड्न सक्छन् । यसका प्वाँख नरम, मुलायम र मिहिन हुन्छन् । यसैले यिनको उडान शान्त हुन्छ, ज्यादै बेगिलो भए पनि थाहा नै नपाइने खालको हुन्छ ।

लाटोकोसेरोले पर्यावरणका दृष्टिले उपयोगी मानिन्छ । संसारका लागि यो चरो कल्याणकारी पन्छी हो । हिन्दु धर्मअनुसार लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ ।

लाटोकोसेरोले आफूभन्दा ठूलो जीवको पनि शिकार गर्न सक्छ । पोथी उल्लु भालेभन्दा केही ठूलो हुन्छ । यिनीहरू ज्यादातर आफ्नो बच्चालाई अरूको गुँडमा राख्छन् ।

लाटोकोसेरोको समूहलाई पार्लियामेन्छ भनिन्छ । धेरैजसो माछा खान मन पराउने यो चराले कुनै बेला अन्य उल्लुलाई पनि खान्छन् ।

विश्वमा दुई सयभन्दा बढी प्रजातिका उल्लुहरू पाइन्छन् । यो एक मात्र पन्छी हो जसले नीलो रंग देख्न सक्छ ।

यसले आफ्नो गर्धन २७० डिग्रिसम्म घुमाउन सक्छ । लाटोकोसेरोले एक वर्षमा १ हजाभन्दा बढी मुसा खान्छ । यसले कुनै पनि वस्तुको थ्रीडी इमेज देख्न सक्छ ।

कुनै पनि वस्तुको लम्बाई, उचाइँ चौंडाई यसले छुट्याएर हेर्न सक्छ । यसको आँखा यताउती हल्लिँदैन । त्यसको सट्टा यसले टाउको नै घुमाएर हेर्छ । लाटोकोसेरोको आँखा उसको तौलको लगभग ५ प्रतिशत जत्रै हुन्छ ।

पृथ्वीमा ६ करोड वर्ष पुरानो लाटोकोसेरोको जीवाश्म भेटिएको छ । यो अन्टार्कटिका बाहेक संसारका सबै ठाउँमा पाइन्छ । लाटोकोसेरोलाई बुद्धि र समृद्धिको प्रतीक मानिन्छ ।

यसको कान संवेदनशील हुन्छ । जसको सहायताले यसले शिकार पत्ता लगाउँछ । लाटोकोसेरोको आयु लगभग २० देखि २५ वर्षको हुन्छ । यसको पँखेटा चौडा हुन्छ सोही कारण उड्दा खासै आवाज आउँदैन ।

Published : Thursday, 2022 August 11, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया