प्रचण्डले नेपालको शिर झुक्ने गरेर कम्युनिस्टवाला झुठ बोले

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष खड्गप्रसाद ओली नै चकित पर्ने गरेर झुठ बोलेका छन् ।

एमालेका अध्यक्ष ओलीले पानीजहाज, रेल आदि काम गर्ने भनेर जनतलाई झुक्काएर झण्डै दुईतिहाईको बहुमत ल्याएका थिए । सरकार चलाउन नसकेर तीन वर्षमै सत्ताच्युत हुनु परेको थियो ।

ओलीलाई मात खुवाउने गरेर दाहालले जापानमा अन्तर्राष्ट्रियस्तरको ठूलो झुठ बोलेका छन् । दाहालको झुठले गर्दा जापानदेखि नेपालसम्म खैलाबैला मच्चिएको छ ।

कम्युनिस्टहरू भनेका झुठको खानी हुन् भन्ने कुरा दाहालको पछिल्लो अभिव्यक्तिले पुष्टि गरेको छ ।

जापानमा नेपाली र नेपाली पत्रकारहरूसँग दाहालले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २/३ पटक कुराकानी भएको पनि दाहालको दाबी छ ।
माओवादी अध्यक्ष दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको उल्लेख गरेका छन् ।

‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ’, दाहालले भनेका छन्, ‘जापानका राजदूतसँग पनि कुरा भएको थियो ।’

‘उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २÷३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो’, दाहालले भनेका छन्, ‘एकअर्काप्रति राम्रो इन्ट¥याक्सन भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो । त्योचाहिँ पूरा भएन ।’

‘बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानको लागि त यो विरलै हुने घटना हो’, दाहालले भने, ‘यसको विश्वव्यापी पनि इम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना छ ।’

दाहालले आबेलाई भेटेको दाबी भने गलत सावित भएको छ । दुई पटक जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा कहिल्यै आएकै छैनन् ।

नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् ।

सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा आएका छैनन् ।

आबे २६ सेप्टेम्बर २००६– २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२– १६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

आबे सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । सन् १९८७ मा उनको निधन भएको थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् ।

सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए ।

उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

Published : Saturday, 2022 August 6, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया