बागलुङका प्रहरी प्रमुख ज्ञवालीलाई सीडीओद्वारा प्रशंसा पत्र प्रदान

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीलाई स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले प्रशंसा पत्र दिएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालले एसपी ज्ञवालीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।

‘बागलुङ जिल्लामा स्थानीय तह निर्वाचन २०७९ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउने सिलसिलामा तपाई र मातहतका सकल दर्जाबाट शान्ति सुव्यवस्था कायम गर्न कुशलता एवम् इमानरितापूर्वक निर्वाह भएको भूमिकाको उच्च मूल्यांकन गर्दै यो प्रशंसा पत्र प्रदान गरिएको छ’, प्रशंसा पत्रमा भनिएको छ ।

स्थानीय तहको निर्वाचनमा बागलुङमा प्रहरीले सबै सुरक्षा निकाय, राजनीतिक दल, संघ संस्थालगायतको समन्वयमा शान्ति सुरक्षा राम्रो बनाएको थियो । सो भूमिकामा एसपी ज्ञवालीले समन्वयको कार्य गरेका थिए ।

Published : Friday, 2022 August 5, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया