अंगुरबाबु जिसीले बल्ल ईञ्चार्ज पाए, यी ४३ डीएसपीहरूको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले डीएसपीहरूको काज सरुवा गरिएको जनाएको छ ।

हेडक्वाटरले डीएसपी अंगुरबाबु जिसीलाई ढिला गरेर काठमाडौंको प्रहरी वृत्तको ईञ्चार्ज बनाएको छ ।

कञ्चनपुरको एउटा प्रकरणमा जिसीसहितका प्रहरीहरूलाई ठूलो अन्याय भएको थियो । डीएसपी जिसी अनुसन्धान र कार्यसम्पादनमा सक्षम प्रहरी अधिकारी मानिन्छन् ।

डीएसपी अंगुरबाबु जिसीको प्रहरी वृत्त महाराजगञ्ज, प्रहरी वृत्त गौशालामा सञ्जीवबाबु खड्का, प्रहरी वृत्त सिंहदरबारमा गोविन्द पुरी, प्रहरी वृत्त लैनचौरमा हरिबहादुर बस्नेतको काज सरुवा भएको छ ।

डीएसपी वीरेन्द्र गोदार (जिप्रका संखुवासभा), रविन्द्रनाथ पौडेल (जिप्रका मुस्ताङ), प्रकाश श्रीमल (जिप्रका लम्जुङ), मञ्जिल मुकारुङ (जिप्रका खोटाङ), मुकुन्दप्रसाद रिजाल (जिप्रका अर्घाखाँची), मधुसुदन न्यौपाने (जिप्रका पर्वत), प्रेमबहादुर शाही (जिप्रका बैतडी)को काज सरुवा भएको छ ।

Published : Friday, 2022 August 5, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया