रणनीतिमा देउवा सफल, गगनलाई पनि राखे शक्तिशाली टिममा

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको शीर्ष नेतृत्वको बैठकले भदौ पहिलो साता सिटबाँडफाँटको टुंगो लगाउने निर्णय पनि गरेको छ ।
५ दलले सिट बाँडफाँटको गृहकार्य गर्न कार्यदल बनाएका छन् ।

कार्यदलमा कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय र सिट बाँडफाँटका लागि कार्यदल नै बनाएपछि कथित वाम एकता भाँडिएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा एमाले एक्लिएको छ । एमालेको नेतृत्वमा गठबन्न हुने सम्भावना निकै कम छ ।

अघिल्लो पटक वाम गठबन्धन गरेर झण्डै दुईतिहाइ बहुमत पाएका खड्गप्रसाद ओलीले साढे दुई वर्षमै सरकार चलाउन नसकेर प्रतिनिधि सभा दुई पटक विघटन गरेका थिए ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो रणनीतिमा सफल बन्दै गएका छन् । कांग्रेसलाई मंसिर ४ को निर्वाचनमा एकलौटी बहुमत आउने सम्भावना निकै छ ।

Published : Friday, 2022 August 5, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया