लेकसाईडको होटेलबाट खसेर भारतीय नागरिकको मृत्यु

पोखरा । पोखराको लेकसाईडमा होटेलको तेसो तलाबाट खसेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

शुक्रबार बिहान पोखरा महानगरपालिका–६ लेकसाईड गौरीघाटस्थित होटल पोखरा ईन्टरनेशनलको तेस्रो तलामाथिबाट खसेर भारतको मैङ्गलोर घर भएका ४५ वर्षीय भानु प्रकाशको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाश सोही होटलमा गत मंगलबारदेखि बस्दै आएका थिए । अचानक ३ तलामाथिबाट खसेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2022 August 5, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया