प्रहरीका ६३ जना ईन्स्पेक्टरले पाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले बढुवा भएका ६३ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीबार हेडक्वाटरमा आयोजित कार्यक्रममा प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहेका छन् ।

आईजीपी सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

उनले पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ–आफ्नो योग्यताअनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिएका छन् ।

Published : Thursday, 2022 August 4, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया