बैंकमा पैसा अभाव भइरहेका बेला आधा करोडसहित धावा पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ तिनचुली बगला मार्ग बस्ने गोरखाको चुम नुब्री गाउँपालिका–१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

काठमाडौं महानगरपालिका–६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपियाँसहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपियाँ फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2022 August 4, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया