सरकारद्वारा यी सचिवहरूको सरुवा

काठमाडौं । सरकारले सचिवहरूको सरुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको हो ।

एमालेलाई गुन लगाएर सरकारको बद्नाम गरेका अर्थ मन्त्रालयका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेललाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

सचिवमा बढुवा भएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

लुम्बिनीका सचिव डिल्ली शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

Published : Thursday, 2022 August 4, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया