एमालेको पुच्छर बनेर सरकारलाई असहयोग गर्ने यी सचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय र बजेटका गोप्य कुराहरू बाहिर चुहाएर पदीय मर्यादा विपरितको हर्कत गर्ने अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

अर्थसचिव मरासिनीले अर्थमन्त्री जनार्दन शर्मालाई ठूलो असहयोग गरेका थिए । शर्मालाई मन्त्री पदबाट हटाउन विदा लिएर असन्तुष्टि जनाएका थिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो ।

सो आलोचनापछि मरासिनी असार २२ गते बिदामा बसेका थिए ।

सोही दिन शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए । बिदा बसेको भोलिपल्ट नै सचिव मरासिनी मन्त्रालय फर्किएका थिए ।

साउन १५ गते अर्थमन्त्रालयमा शर्मा फर्किएपछि मरासिनी बिदामा बसेका थिए ।

मरासिनीको सरुवा भएपछि मन्त्रिपरिषदले राजश्वका सचिव कृष्णहरि पुस्करलाई सचिवको जिम्मेवारी दिएको छ । अर्को व्यवस्था नहुँदासम्म पुस्करले दुबै सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

मरासिनीले अर्थ मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेर एमालेको हनुमान बनेर सूचना चुहाएको र सरकारले असहयोग गरेको आरोप छ ।

Published : Thursday, 2022 August 4, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया